काठमाडौँ । नेपालमा एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ५ सय ८४ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





