काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरुको स्वार्थका कारण मुलुकको अस्तीत्वमाथि नै खतरा उत्पन्न भएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषदले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि बिभिन्न शक्ति राष्ट्रसंग मुलुकको हित बिपरितका सम्झौताहरु गरिएको भन्दै यसले मुलुकको अस्तीत्वमाथि नै खतरा उत्पन्न भएको बताउनुभएको हो । उहाँले बार्षिक बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने काम देखि देशको हित र जनताको चाहना बिपरित एमसीसी र एसपीपी जस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गर्नुभयो ।
देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरु एक ठाँउमा आउनुपर्ने उहाँको भनाइ छ । लिङ्देनले अहिलेको राजीतिक प्रणाली र दलहरुबाट मुलुकमा राष्ट्रियता र शान्तिको कुनै सम्भावना नदेखिएको तर्क गर्नुभयो । राप्रपाले भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा अभिभावकिय संस्थाको रुपमा राजाले मात्र मुलुकले स्थीतरता प्राप्त गर्ने उहाँको भनाइ छ ।
लिङ्देनले आफुहरुले अघि सारेको मुद्धा स्थापीत गर्नका लागि सांसदको दुई तिहाइ बहुमत आवश्यक नपर्ने र निश्चित संख्याको शक्ति आर्जन गर्दा पुग्ने बताउनुभयो ।





