सवारी दुर्घटनामा परी मधेस प्रदेशमा एक वर्षमै ५८५ जनाको मृत्यु, ९ हजारभन्दा बढी घाइते


८ श्रावण २०७९, आईतवार १२:१९ मा प्रकाशित

जनकपुरधाम । सवारी दुर्घटनामा परेर मधेस प्रदेशमा एक वर्षमै ५८५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा अधिकांश पुरुष रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले आफ्नो ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेहरूमध्ये ४४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ।

यस्तै, दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। गत आवमा दुर्घटनामा परेर ९ हजार ४६४ जना घाइते भएका थिए।

जसमा ६ हजार ६३४ जना पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

प्रहरीले यस अवधिमा २ लाख ६४ हजार ३१० वटा सवारीलाई कारवाही गरेवापत २२ करोड ४४ लाख ४० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here