झापा पाठामारीका तीन किशोरीद्वारा एउटै रुखमा झुन्डिएर सामुहिक आत्महत्या


८ श्रावण २०७९, आईतवार ११:०५ मा प्रकाशित

झापा । झापाका तीन जना किशोरीले सामुहिक आत्महत्या गरेका छन् ।

उनीहरूले एउटा रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारको रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ।

आत्महत्या गर्नेमा १६ वर्षिया करिना गणेश, १७ वर्षिया अन्जली गणेश र १६ वर्षिया कल्पना गणेश आइतबार विहान ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले टोली पाठामारी पुगेर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले किशोरीहरूले आत्महत्या गरेको विषयमा सोधपुछ तथा अन्य अनुसन्धानका काम भइरहेको जानकारी दिनुभयो ।

एकजनाले गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेर ती किशोरीले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here