सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


८ श्रावण २०७९, आईतवार ११:५१ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ छ । गत शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here