काठमाडौं । नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा गर्नु भएको थियो। त्यसअघि नागरिकता विधेयकको दफाबार छलफलमा गृहमन्त्री खाँणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिनु भएको थियो।
नागरिकता विधेयक संशोधनसहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ।





