काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ ।
बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको थापाले बताउनु भयो । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
महाशाखाका एसपी ओम अधिकारीका अनुसार उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा तामाङको समूहले हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्ने गरेको थियो ।





