एसियन कप आयोजना गर्न ४ वटा देशको दाबी


२ श्रावण २०७९, सोमबार १६:३७ मा प्रकाशित

काठमाण्डौ। एएफसी एसियन कप–२०२३ आयोजना गर्न चार वटा देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेशन एएफसी ले एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका जनाएको छ ।

चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक देशका लागि बोलपत्र आह्वान गरेको थियो । कोभिड–१९ को महामारीका कारण देखाएर चाइनिज फुटबल एसोसियशनले आयोजकबाट नाम फिर्ता लिएको थियो ।

एएफसीले दाबी पेस गर्ने चार देशको मूल्याङ्कन गरेर आयोजक देश घोषणा गर्ने जनाएको छ । एसियन कपमा २४ देशले सहभागिता जनाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here