नेपाल गल्फर एसोसियनले नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एसोसियनले शुक्रलाई ८ लाख नगद आर्थिक सहयोग प्रदान गरेको हो ।
गल्फ खेलसँग आबद्द व्यक्ति र संस्थाहरुबाट उठेको रकम शुक्रलाई प्रदान गरिएको हो । शुक्रले आगामी अगस्टमा भारतको व्यावसायिक गल्फ टुर पीजीटिआई च्याम्पियनसिप खेल्दै छन् ।
पीजीटिआई गल्फ अघि शुक्रले भारतको तरुन सर्देसाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने छन् । जसका लागि उनलाई आर्थिक सहयोग गरिएको एसोसियनले जनाएको छ ।





