चोरीका गहना र नगद सहित एक जना पक्राउ


२ श्रावण २०७९, सोमबार १४:३४ मा प्रकाशित
मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१३ का १८ बर्षीय बिबेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर-८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राती सुनका बिभिन्न गर-गहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका कामतको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here