सडक बालबालिकाको मृर्गौला झिकेर बेचेको आरोपमा ५ जना पक्राउ


१ श्रावण २०७९, आईतवार १५:२२ मा प्रकाशित

काठमाण्डौ । सडक बालबालिकाको मृर्गौला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही तथा विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको हो। उनीहरूले काठमाण्डौका सडक बालबालिकालाई फकाएर भारत लगी उनीहरूको मिर्गौला झिकेर बेचेको पाइएको प्रहरीले जनाएको छ ।

भारतमा गएर मिर्गौला दान गरेबापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारि सडक बालबालिकालाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गएको असार २८ गते काठमाण्डौको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

उनीहरूमाथी थप अनुसन्धान भइरहेको र यस्ता अपराधको थप जालो पत्ता लाग्न सक्ने सीआईबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here