पदीय मर्यादाविपरित काम गरेको आरोप लागेका पूर्व अर्थमन्त्री शर्माका विषयमा छानबिन समितिको बैठक बस्दै


३१ असार २०७९, शुक्रबार १०:४६ मा प्रकाशित

काठमाडौं । बजेट निर्माणका बेला पदीय मर्यादाविपरित काम गरेको आरोप लागेर राजनीमा दिनु भएका पूर्व अर्थमन्त्री जनार्दन शर्माको विषयमा आज संसदीय छानबिन समितिको बैठक बस्दैछ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ। बिहीवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेको बताएको थियो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै एमालेका ४ जनासहित ११ सदस्य रहेको संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here