करिब ३० महिनापछि प्रतिनिधि सभाले आज उपसभामुख पाउँदै


३१ असार २०७९, शुक्रबार १०:२९ मा प्रकाशित

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ।

आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ।

उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ। र, बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुनेछ।

६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि झन्डै ३० महिना उपसभामुख पद रिक्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here