प्रहरीका लागि हतियार खरिद गर्न लागेको भन्दै युवा संघद्धारा विरोध प्रदर्शन


२८ असार २०७९, मंगलवार १९:३९ मा प्रकाशित

काठमाडौँ । मुलुक आर्थिक संकटमा पुगेका बेला सरकारले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागेको भन्दै एमाले निकट युवा संघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

देशमा विदेशी मुद्रा सञ्जितिको अभाव हुँदा पनि हतियार खरिद गर्नु गलत भएको भन्दै युवा संघले मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा मशाल जुलुस निकालेका हुन् ।

प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको को पुत्ला दहन समेत गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीले सरकारको उपहार महङ्गी र भ्रष्टचार लगाएतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here