स्रष्टा सम्मानको विरोधमा विराटनगरमा प्रर्दशन


२८ असार २०७९, मंगलवार १७:२२ मा प्रकाशित

विराटनगर । प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले वितरण गरेको स्रष्टा सम्मानको विरोधमा विराटनगरमा प्रर्दशन भएको छ ।

स्रष्टा चयनमा भेदभाव गरिएको भन्दै मैथिल भाषि संघसंस्थाका प्रतिनिधिले कालोपट्टि बाँधेर कार्यक्रमस्थलमा प्रर्दशनसहित विरोध गरेका हुन् । प्रदेश १ को संस्कृति तथा पर्यटन मन्त्राललयले विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा मंगलबार बिहान साढे १० बजेदेखि स्रष्टा सम्मान कार्यक्रम राखेको थियो । मन्त्रालयले सो ठाउँमा भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने प्रदेशभरिबाट छनौट गरिएका डेढ दर्जन बढी स्रष्टालाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । तर कार्यक्रम शुरु हुनु अगावै मैथिलभाषी अभियन्ता र कलाकर्मीहरु गुरुकुल पुगेर मुलगेटमै धर्ना प्रर्दशन कार्यक्रम शुरु गरेका थिए ।

स्रष्टा सम्मान कार्यक्रममा विभिन्न भाषाका स्रष्टालाई सम्मान गर्न लागेको बेला ‘मैथिली’ भाषी स्रष्टा तथा सर्जकलाई बाईपास गरेको भन्दै मैथली भाषा, कला र साहित्य क्षेत्रमा काम गर्ने दर्जनौ संघसंस्थाका प्रतिनिधिहरु मुलगेटमै बसेर विरोध प्रर्दशन शुरु गरेका थिए । मैथली विकास अभियानका अध्यक्ष पंकज बर्माले भाषा आयोगले समेत मैथिलीलाई प्रदेशको कामकाजको भाषा बनाउने सिफारिस गरेको अवस्थामा मैथिल स्रष्टालाई नसमेटिनु दुर्भाग्यपुर्ण भएको बताउनुभयो ।

मैथिली सेवा समितिका महासचिव विपुलेन्द्र झाले पर्यटन मन्त्रालयको कार्यक्रमबाट मैथिल भाषिहरु स्पष्ट विभेदमा परेको दाबी गर्नुभयो । प्रदेश सरकारले प्रदेशकै दोश्रो ठूलो संख्याको भाषाका मैथिल स्रष्टालाई वेवास्ता गरेकाले विरोधमा उत्रिनुपरेको मैथिल चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकारले बताउनुभयो । सम्मान कार्यक्रमको विरोध नभई आफूहरुले नीतिको विरोध गरेको सरकारको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here