अग्नी पीडित परिवारलाई बनाईदिएको घरको निर्माण कार्य अन्तिम चरणमा


२८ असार २०७९, मंगलवार १७:३२ मा प्रकाशित

भरत प्रसाई । शिवसताक्षी नगरपालिका वडा नंम्वर १ धरमपुर स्थित अग्नी पीडित अम्बर बहादुर नेम्वाङको परिवारलाई बनाईदिएको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेकपा एमालेका भातृसंगठन नगर खेलकुद महासंघ तथा युवा संघको सक्रियतामा उक्त घर निर्माण गरिएको हो । गत जेठ अन्तिममा विद्युत सर्ट भइ उहाँको घरमा आगलागी हुदाँ करीव ११ लाख बराबरको धनमाल जलेरे नष्ट भएको थियो ।

 उहाँको घरमा भण्डारण गरेको खाद्यन्न, लत्ता कपडा र घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको थियो । आगलागीबाट ६ जनाको परिवार गासँ, बास र कपास बिहीन भएपछि नेकपा एमालेका भातृसंगठनहरु घर निमार्ण अभियानमा जुटेका थिए । करिब १२ लाखको लगानीमा तीन कोठे घर पुनः निर्माण भईरहेको छ ।

सामाजिक उत्तर दायित्व अन्तर्गत सम्पन्न गरिने यस किसिमका अभियानलाई शिवसताक्षी नगरपालिकाले पनि सहयोग गर्ने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले बताउनु भयो ।

देश विदेशबाट प्राप्त सहयोग सँगै छरछिमेकीबाट प्राप्त रकम, जिन्सी, श्रमदान र सीपबाट अग्नि पीडितको घर पुनः निर्माण भैरहेको हो । विगत लामोदेखि सामाजिक सेवामा काम गर्दै आएको खेलकुद संघ तथा युवा संघले विपतमा परेका परिवारको उद्धार र विभिन्न किसिमको सहयोग गर्दे आएको छ ।

अहिले घर निर्माणको ५० प्रतिशत काम भएको निमार्ण समितिका सचिव अर्जुन राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here