काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सामाजिक सुरक्षा लगाएतका बिभिन्न चार बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको दोश्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुभएको सामाजिक सुरक्षा पहिलो संशोधन बिधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावलाई पारित गरेको हो ।
बैठकले कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले पेश गर्नुभएको फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधन सम्बन्धी केही कानून संशोधन बनेको विधेयक, २०७९ तथा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन बिधेयक २०७९ लाई पारित गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते बोलाइएको छ ।





