सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप


२८ असार २०७९, मंगलवार १५:१४ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाउनुभएको छ ।

मङ्गलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरु आफैले यसअघि बिरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको आरोप लगाउाुनभएको हो ।

उक्त विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनु पूर्व सभामुखको धारणा बुझ्नुपर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले प्रतिनिधिसभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्एिकाले विधेयकलाई हेर्ने अनुगमन, सुपरीवेक्षण र सुझाव समिति बनाउनुपर्ने प्रस्ताव गर्नुभयो ।

दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरु अलपत्र परेकाले यसका कारण जनतालाई समस्या भएको तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here