उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा हो : वामदेव गौतम


२८ असार २०७९, मंगलवार १५:०८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताउनुभएको हो ।

उहाँले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाई भएको दावी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गर्नुभयो । दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरुले आन्दोलन गर्नुपर्ने उहाको सुझाव छ ।

गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहिल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here