नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


२८ असार २०७९, मंगलवार १०:०३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ।

सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठन लगायतका विभिन्न एजेण्डाहरुमा छलफल हुनेछ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन प्रश्तुत गरिएको थियो।

सोमबार सात प्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राखेका थिए। साथै आफ्नो क्षेत्रको बारेमा जानकारी गराएका थिए।

आजको बैठकमा गठबन्धन र आगामी प्रदेश र संघको निर्वाचनका बारेमा पनि छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here