आज बस्ने राष्ट्रिय सभाको बैठकको कार्यसूची यस्तो छ…


२८ असार २०७९, मंगलवार ०७:३७ मा प्रकाशित

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबुल गर्नुहुनेछ।

जसमध्ये,  फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९,  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ रहेका छन्।

यसैगरी,  खानेपानी तथा सरसफाइ विधेयक, २०७६ पनि टेबुल हुनेछ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ।

त्यसपछि ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here