सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै युवा संघद्धारा यातायात कार्यालयमा धर्ना


२७ असार २०७९, सोमबार १७:३९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेनिकट युवा संघ नेपालले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ ।

यातायात कार्यालयमा सेवाग्राहीले सहज रुपमा सेवा नपाएको र बिचौलियाले कार्यालय चलाएको आरोप लगाउदै युवासंघले धर्ना दिएको हो । यातायात कार्यालयले समयमा नै सेवा दिन नसकेको र यसले आम नागरिक समस्यामा परेको उनीहरुले जनाएका छन् ।

युवा संघ नेपालका किरण पौडेलले हरेक बहानामा यातायात कार्यालयमा ढिलासुस्ती गर्ने गरेको र बाध्य भएर बिचौलियाको शरण लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

धर्नापछि युवासंघले लाइसेन्स वितरणमा अनियमिता, लापरबाही र ढिलासुस्ती अन्त्यको माग राखेर कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here