गठबन्धन सरकार घृणाको पात्र बनेको ओलीको टिप्पणी


२७ असार २०७९, सोमबार १७:२३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गर्नु भएको छ ।

सोमबार भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले एकछिन सत्तामा पुग्नु नै सबथोक गर्ने पक्षमा आफूहरु नभएको बताउनु भयो । आफूहरुले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै उहाँले भन्नुभयो, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौं ।’

उहाँले गठबन्धनलाई विहेको संज्ञा दिँदै हरेक विहे डिभोर्समा टुंगिने टिप्पणी गर्नु भयो । गठबन्धन सरकार घृणाको पात्र बनेको भन्दै ओलीले सत्तामात्र सबथोक नभएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here