आगामी चूनावमा तालमेलका लागि मापदण्ड बनाउन प्रदेश सभापतिहरुको सुझाव


२७ असार २०७९, सोमबार १८:०२ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चूनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् ।

सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा उनीहरुले चूनावमा गठबन्धनलाई निरन्रता दिदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् । केहि सभापतिले भने कांग्रेस एक्लै चूनाव लड्दा उचित हुने धारणा राखेका थिए ।

त्यस्तै उनीहरुले चूनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए । बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेश गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीय तहमा केन्द्रीय सदस्यहरुको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो । त्यस्तै उहाँले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको विवाद समाधान हुने बताउनुभयो ।

केन्द्रीय समिति बैठकमा कांग्रेस नेता शेखर कोईरालाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गर्नुपर्ने बताउनुभएको थियो । उहाँले कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको नीतिका विषयमा कुनै काम हुन नसकेकाले यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गर्नुभयो । कांग्रेसको केन्द्रीय समिति बैठक केहि चल्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here