भातृ संस्थाको तत्काल बैज्ञानिक पूर्णता हुनुपर्ने भन्दै विरोध प्रदर्शन


२७ असार २०७९, सोमबार १४:५६ मा प्रकाशित

काठमाडौँ । भातृ संस्थाको तत्काल बैज्ञानिक पूर्णता हुनुपर्ने भन्दै नेपाली कांग्रेसका भातृ संस्थाहरुले सोमबार पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय समितिको बैठकका लागि नेताहरु पार्टी कार्यालय पुग्ने क्रममा नेविसंघ, तरुण दल लगाएत भातसंस्थाले बिधान कार्यान्वयनका लागि दवाव दिन भन्दै प्रदर्शन गरेका हुन् । शेखर कोईराला पक्षले गरेको विरोध प्रदर्शनमा सभापतिज्यूले पार्टी चलाउनुहोस, नेविसंघ हामी आफै चलाउछौ, विधानलाई मान्ने कि व्यक्तिलाई मान्ने, भातृ संस्था कांग्रेसलाई आवश्यक छ कि छैन लगाएतका नारा लगाइएको थियो ।

बैठकस्थलमा सभापति शेर बहादुर देउवा पुगे लगत्तै कार्यकर्ताहरुले नारावाजीसहित गाडी रोक्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो ।

भ्रातृ संस्था बिना कुनै हस्तक्षेप पूर्णता दिनुपर्ने र पार्टीको विधान लागू गर्नु पर्ने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here