काठमाडौंबासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट : उमाकान्त चौधरी


२७ असार २०७९, सोमबार १५:५० मा प्रकाशित

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पार्नुभएको छ ।

सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी र भूमिगत सहतको पाँच करोड लिटर भन्दा बढि पानीको व्यवस्था गरेर काठमाडौंबासीलाई खानेपानीको अभाव हुन नदिने बताउनुभएको हो । उहाँले मेलम्चीको बिकल्पको रुपमा अन्य स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउनका लािग टनेल बन्द गरिएको भन्दै मनसुन सकिने बितिकै मेलम्चीको पानी ल्याउने बताउनुभयो । एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने दावी गर्नुभयो ।

यसअघि चैत्र २४ गते बसेको मन्त्रीपरिषद् बैठकले सुन्दरीजलको सुरुङ नजिक कृष्ण प्रसाद भट्टराईको शालिक बनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here