डिजे वेट्फेस्ट २०१९ सिजन २ को तयारी तिव्र


२१ जेष्ठ २०७६, मंगलवार १२:०२ मा प्रकाशित

झापा ।    बिर्तामोड र दमकमा आयोजना गरीएको डिजे वेट्फेस्ट २०१९ सिजन–२को तयारी तिव्र बनाईएको छ ।
येक्तेन मुभी प्रा.लीले आयोजना गरेको कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान,अर्पना त्यस्तै र्यापरहरु सरकार र दंगाली बोइको प्रस्तुती रहने जनाईएको छ ।

कार्यक्रम दमकको कनकाई पार्टी प्यालेसमा जेठ २५ गते र बिर्तामोडको हब्बी स्वीमिङ् पुलमा जेठ २७ गते दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम संयोजक गोपाल येक्तेनले जानकारी दिनु भयो ।कार्यक्रमको मिडिया पार्टनरमा सेल्फी टिभी,आमसञ्चार डट कम,पूर्वाञ्चल दैनिक र सजिलो खबर रहेका छन् ।

कार्यक्रमको सहयोगी संस्थामा पूर्वेली युवा क्लव बिर्तामोड,सिङ्गापुरे बेभरेज नेपाल, बिर्ता मिडिया, केटीएम जिन्स,वेभ फेसन वेर, हिल्स् एण्ड टोस् मिकफुङ कलेक्सन र इसुजी, स्वस्तिका ओभरसिज, सेभेन स्टार सेकुरेटी सर्भिस रहेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here