हराएको भारतीय वायुसेनाको विमान अझै भेटिएन


२१ जेष्ठ २०७६, मंगलवार ११:४७ मा प्रकाशित

भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ ।यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ ।

वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो ।विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।भारतीय वायुसेनाको विमान चिनियाँ सीमानजिकै बेपत्ता भएको जनाईएको छ ।

विमान खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०,एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।

चालकदलका आठ सदस्यसहित १३ जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ सोमबार दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here