सगरमाथा आरोहण गर्दै मिङ्मा दोर्ची शेर्पाद्वारा नयाँ किर्तिमान


२१ जेष्ठ २०७६, मंगलवार १२:२१ मा प्रकाशित

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो ल्होत्से हिमालको सबै भन्दा छाटो समय ६ घण्टा १ मिनेटमा आरोहण गरेर मिङ्मा दोर्ची शेर्पाले नयाँ किर्तिमान कायम राख्न सफल हुनुभएको छ ।

पायोनिर एड्भेन्चरले मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । मिङ्मा दोर्ची शेपाले सगरमाथा र चौथो ल्होत्से हिमालको ६ घण्टा १ मिनेटमा र मकालु सहित तीनवटै हिमालको आरोहण ५४ घण्टा २५ मिनेटमा आरोहण गरी नयाँ किर्तिमान राख्न सफल भएको पायोनिर एडभन्चरले जानकारी दिएको छ ।

यसअघि निर्मल पुर्जाले दुवै हिमालको १० घण्टा १५ मिनेटमा आरोहण गरेर किर्तमान कायम गर्नुभएको थियो । शेर्पाले सगरमाथाको जेठ १३ गते १२ बजेर ४४ मिनेटमा आरोह गरेका थिए भने ल्होत्से हिमालको पनि जेठ १३ गते नै बिहान ६ बजेर ४५ मिनेटमा आरोहण गर्न सफल हुनुभएको थियो ।पत्रकार सम्मेलनमा आरोही शेर्पाले आफ्नो हिमाल आरोहण मार्फत नेपाललाई विश्वसामु चिनाउने संकल्प गर्नुभयो ।

त्यसैगरी शेर्पाले जेठ १५ गते विश्वको पाँचौ अग्लो हिमाल मकालुको पनि बिहान ७ बजेर ९ मिनेटमा आरोहण गर्न सफल हुनुभएको थियो । शेर्पाले सगरमाथाको पाँच, ल्होत्स्ेको तीन, मकालुको तीन, मनास्लुको ३, के टुको २, धौवलागिरीको दुई र आमादब्लामको २ पटक गर ि२० पटक हिमालको सफल आरोहण गरिसकेको पायोनिर एड्भन्चरले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here