काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले उठाएका सवालहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको छ।
सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारले उचित जवाफ नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका छन् ।
आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अतिरिक्त पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।





