‘मनोनेट’ सार्वजनिक


२० जेष्ठ २०७६, सोमबार २२:३७ मा प्रकाशित

झापा । पत्रकार तथा लेखक तीर्थ सिग्देलको कथासंग्रह ‘मनोनेट’ सार्वजनिक गरीएको छ । मिडिया रिसर्च सेन्टरले सोमबार विर्तामोडमा आयोजना गरेको एक कार्यक्रमका बीच साहित्यकार भवानी क्षेत्रीले पुस्तक सार्वजनिक गर्नु भएको हो ।

सार्वजनिक गरीएको कथा संग्रह ‘मनोनेट’मा २२ वटा कथा समावेश रहेका छन् ।पुस्तकका बारेमा साहित्यकार तथा कार्यक्रमकी प्रमुख अतिथि भवानी क्षेत्रीले समिक्षा गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ झापाका पुर्वअध्यक्ष कृष्ण हुमागाई र पत्रकार दिपिन राईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पत्रकार तथा लेखक सिग्देलको यो तेश्रो कृति हो । यसअघि उहाँको ‘जिवनको गति’ र ‘पुर्वको राजनिति’ नामक पुस्तक प्रकाशन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here