नेपालमा थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि


२६ असार २०७९, आईतवार १६:२२ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको एक हजार सात सय पिसिआर परिक्षणका क्रममा एक सय चार जना र एक हजार तीन सय ४५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको भनाई छ ।

त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा नौ लाख ६७ हजार छ सय ८७ जना निको भएका छन् । हाल नेपालमा छ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here