भरत प्रसाई । स्वर्गाश्रम नेपालको आयोजनामा हरिसयनी एकादशीको उपलक्ष्यमा एक दिवशीय सामुहिक भजन किर्तन कार्यक्रम सम्पन्न गरिएको छ । बिर्तामोडस्थित वाड नम्वर एकको सभाहलमा भजन किर्तन कार्यक्रमको आयोजना गरिएको हो ।
धर्मले आन्तरिक परीवर्तन ल्याउनुका साथै सतमार्गमा लाग्ने प्रेरणा जगाउने भएकाले एकादशीको पावन अवसरमा मनको एकाग्रताका लागि कार्यक्रमको आयोजना गरिएको वडा नम्वर एकका अध्यक्ष अग्नि पाण्डले जानकारी दिनु भयो । १० लाख रुपैयाँ लागतमा बनेको भवनमा आजबाटै आम नागरिकलाई विविध कार्यक्रम सञ्चालन गर्न दिइएको अध्यक्ष पाण्डे बताउनु भयो ।
सस्थाका अध्यक्ष श्री प्रसाद ओडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधा कृष्ण भजन मण्डलीका शान्ता भटट्राई, पारीजात भजन मण्डलीका कृष्णमाया ओडारी, बिर्तामोड १ का समाज सेवी भक्ति प्रसाद मैनाली, सस्थाका उपाध्यक्ष गंगा प्रसाद सेढाई ,पार्वता खरेल विमली लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा वडाभरीका २ सय भन्दा बढी भक्तजनहरुको सहभागीता रहेको थियो ।
एकादशीको उपलक्ष्यमा एक दिवशीय सामुहिक भजन किर्तन कार्यक्रम सम्पन्न
२६ असार २०७९, आईतवार १४:३४ मा प्रकाशित





