क्रिष्टिनाले जितिन् इकोम मिस एसईई प्रदेश १ को उपाधी


२० जेष्ठ २०७६, सोमबार २०:३१ मा प्रकाशित

झापा । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधी झापा मेचीनगरकी क्रिष्टिना ताम्राकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो ? भन्ने प्रश्नमा आफ्नो भनाई राख्दै उनले यस बर्षको उपाधी जितेकी हुन् ।

सोमबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा फस्ट रनरअफ बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै अनुमा राई बनेका छन् ।बिजेताले क्रमस ५० हजार, २० हजार र १५ हजार रुपैँया सहित कक्षा १२ सम्म अध्ययनका लागि छात्रबृत्ती पाएका छन् ।ड्रिम्स वल्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का ३४ प्रतियोगिको सहभागीता रहेको थियो ।

कार्यक्रमको मुख्य निर्णायकमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here