सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको छ ।
जनयुद्धका समयमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गरेको छ ।
विप्लवका कार्यकर्ताको समूह आइतवार राति छेस्काम प्रहरी चौकीमा आएको सूचना स्थानीयले सदरमुकामसम्म र्पुयाएपछि सोमबार जनपथ र सशस्त्र प्रहरीको टोली त्यहाँतर्फ लागेको छ ।दुईजना डिएसपीसहित प्रदेश प्रहरीको टोलीलाई हेलिकोप्टरबाट महाकुलुङमा उतारिएको छ । त्यसैगरी सशस्त्र प्रहरीको एउटा टोली पनि त्यसतर्फ पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।
सोलुखुम्बुका डिएसपी शालिकराम शर्मासहितको टोली शनिबारै नै त्यहाँ गईसकेको छ ।





