९५ बोरा गाँजा बरामद


२६ असार २०७९, आईतवार ११:०७ मा प्रकाशित

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ सिसौलीबाट प्रहरीले गाँजा बरामद गरेको छ ।

आज बिहान ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम ९५ बोरा गाँजा फेला पारेको हो ।

उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएर राखिएको र ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here