मुस्लिम धर्मावलम्बीले मनाए काठमाडौंमा बकर इद


२६ असार २०७९, आईतवार ११:५७ मा प्रकाशित

काठमाडौं । मुस्लिम धर्मावलम्बीले दोस्रो महान् पर्व बकर ईद इदुल जोहा आज देशभरका मस्जिदमा मनाइरहेका छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here