इलाम । इलामको माइ नगरपालिका ५ धोबीखोला बस्ने ८२ बर्षीय प्रेमबहादुर आङदेम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ ।
आज बिहानको राति २ बजे पानीसँगै आएको हावाहुरिले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाटी र टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोली घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





