बूढीगंगामा शान्तिपूर्ण रुपमा मतदान हुँदै


२३ असार २०७९, बिहीबार १२:५३ मा प्रकाशित

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर फेरि मतदान गरिएको हो ।

बिहान ७ बजेदेखि सुरु भएके मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक इन्सपेक्टरको नेतृत्वको टोली खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको जनाइएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

३० वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै रद्ध गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here