विस्फोटक पदार्थसहित नेपाली नागरिक भारतमा पक्राउ


१९ जेष्ठ २०७६, आईतवार २२:५० मा प्रकाशित

झापा ।  नेपाल–भारतको बोर्डरमा बारुदजन्य विस्फोटक पदार्थ सहित एक जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।

काँकडभिट्टा–पानीट्याङ्की नाकामा तैनाथ भारतीय एसएसबी ४१ बटालियन टोलीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुरका ३३ वर्षीय प्रसाद राईलाई पक्राउ गरेको हो ।एसएसबीले राईको साथबाट बारुदजन्य विस्फोटक पदार्थ नेगेल (९०) को ४० प्याकेट, १०० पिस विद्युतीय डेटोनेटर, नेपाली नागरिकको परिचयपत्र, मोवाइल फोन लगायतका सामग्री बरामद गरेको जनाइएको छ ।

मेघालयको सिलंगबाट नेपाल फर्किन लागेका राईमाथि एसएसबीले बोर्डरमा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा विस्फोटक पदार्थ बरामद गरिएको एसएसबीका कमाण्डर राजीव राणाले जानकारी दिनु भयो ।विस्फोटक पदार्थसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइसकेको कमाण्डर राणाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here