प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना


२० जेष्ठ २०७६, सोमबार १०:५६ मा प्रकाशित

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना हुनु भएको छ ।मुटुमा समस्या देखिएपछि पौडेल आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना हुनु भएको हो ।

नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह अनुसार भर्ना भएको उहाँको सचिवालयले जनाएको छ ।मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए अनुसार चिकित्सकले आइतबार स्वास्थ्य परीक्षणपछि पौडेललाई १ हप्ता आराम गर्न गर्न भनेका छन् ।पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित हुनु हुन्छ ।यसअघि उहाँको हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

अस्पताल भर्ना भएसँगै यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here