पाँचथर । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मा प्रदेश–१ को सरकारले लिएको छ ।
उनी गएको जेठ ६ गते राति २ घरमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी थिइन् ।प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश सरकारले जिम्मा लिएको हो ।सीतालाई सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश सांसद सीता थेबेले बताउनुभयो ।
जेठ ६ गते राति भएको विभत्स हत्याकाण्डमा मामाघर बसेर पढ्दै गरेकी सीता भागेर बाँच्न सफल भएकी थिइन् । ९ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डमा खजुमले भागरे ज्यान जोगाएकी थिइन् । भाग्ने क्रमम घाइते भएकी सीताको दमकमा रहेको लाइफ लाइन अस्पताल दमकमा उपचार भएको थियो ।





