चितवनस्थीत गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीच सहमति भएको छ ।
सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाएका छन् ।फाउन्डेशन र स्थानीय टोल सुधार समितिको सहमतिसँगै भरतपुर महानगरको अगुवाईमा जनप्रतिनिधि, स्थानीयबासी लगायतले भत्किएको बार उठाएका हुन् ।
घटनाले चितनवासीलाई दुःखी बनाएको भन्दै सहभागीहरुले आगामी दिनमा यस्ता गतिविधीहरु नहुने गरी काम अघि बढाउन अपिल गरे ।जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए ।घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेशनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।
रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो ।भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउन्डेशनबीच सडक निर्माणका बारेमा सहमति भएको छ ।





