विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै


१९ जेष्ठ २०७६, आईतवार ११:४० मा प्रकाशित

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

लन्डनमा आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ ।यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो ।यता,बंगलादेशको लागि भने यो पहिलो खेल हो ।

दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ ।त्यस्तै, बंगलादेशभने आफ्नो पहिलो खेलमै दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवात गर्न चाहन्छ ।तुलनात्मक रुपमा बंगलादेशभन्दा दक्षिण अफ्रिका बलियो टिम हो ।

दक्षिण अफ्रिकासँग कप्तान फाफ डु प्लेसिस, इमरान ताहिर, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलरजस्ता अनुभवी खेलाडी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here