झापा । भद्रपुर ६ स्थित भद्रपुर एग्रो राईस मिलमा शनिवार विहान आगलागी हुँदा करिब दुई करोड बढीको क्षति भएको छ ।
व्यवसायी सन्तोष र राजेश गप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हँुदा मेसिनरी सामान जलेर नष्ट भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनु भयो । शनिवार बन्द रहेको राईस मिलमा विहान साढे ९ बजे अचानक आगलागी भएको थियो ।
उद्योग बन्द रहेकोले मानविय क्षति भने हुन पाएन । आगलागी विद्युत चुहावट भई लागेको हुन सक्ने जनाईएको छ । मिलमा लागेको आगो भद्रपुर नगरपालिकाको दुई वटा र बिर्तामोड नगरपालिकाका एउटा दमकलले एक घण्टामै नियन्त्रणमा लिएको थियो ।





