काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गर्नुभएको छ ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राइले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न समिति गठन गर्ने निर्णय गर्नुभएको हो ।
दुई वटै कार्यदललाई प्रतिबेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढिने उहाँले बताउनुभयो । मेकानिजम तयार नपारी इम्बोस्ड नम्बर प्लेट जबर्जस्ति लागू गर्न खोजिएकाले विवाद भएको उहाको भनाई छ । उहाँले समयमा नै आयोजना पुरा नहुने प्रवृतिलाई अन्त्य गर्ने दावी गर्नुभयो ।
उहाँले पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गर्न समिति बनाइएको जानकारी दिनुभयो ।





