अन्दाधुन्द गोली प्रहार हुँदा अमेरिकामा ११ जनाको मृत्यु


१८ जेष्ठ २०७६, शनिबार ०८:४९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।
यो घटना एक सरकारी कार्यालयमा भएको हो ।भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन ।ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।
अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here