काठमाण्डौ । अबको तीन दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले सफा रहेको उपत्यकाको मौसम पनि दिउँसो ३–४ बजेतिर बदली भई पानी पर्नेछ । यस्तै कुनै ठाउँमा ठूलो पानी परे पनि कुनै ठाउँमा फाट्टफुट्ट मात्र पानी पर्नेछ ।





