‘बर्बरिक’ मञ्चनको आय व्यय सार्वजनिक


१७ जेष्ठ २०७६, शुक्रबार १७:१३ मा प्रकाशित

झापा ।  विर्तामोडमा गत बैशाख ७ गते देखि १३ गते सम्म मञ्चन गरीएको नाटक ‘बर्बरिक’को आय व्यय सार्वजनिक गरीएको छ ।
आज आयोजित पत्रकार सम्मेलन मार्फत नाटक मञ्चन संयोजन समितिले नाटक ‘बर्बरिक’बाट २७ लाख४३ हजार ८ सय ६ रुपैयाँ उठेको जनाईएको हो ।नाटक मञ्चन संयोजन समितिका संयोजक ज्ञानु प्रसाईले नाटक मञ्चनमा ५ लाख ८० हजार १ सय ८५ रुपैयाँ खर्च,२१लाख ६३ हजार ६सय २१रुपैयाँ बचत तथा १लाख ९० हजार ४ सय ५८ रुपैयाँ नगद मौज्दात रहेको जानकारी दिनु भयो ।

क्षितिज नाट्य समुहको अगुवाईमा विर्तामोडमा बहुजातीय सांस्कृतिक संग्रहालय सहितको झापा नाट्यघर निमार्ण गर्ने उदेश्यकासाथ नाटक ‘बर्बरिक’ मञ्चन गरीएको हो ।नाट्यघर निमार्णका लागि विभिन्न दाताहरुबाट समेत सहयोग रकम संकलन भईरहेको छ ।दाताहरुबाट हालसम्ममा १७ लाख ३४ हजार रुपैयाँ संकलन भएको क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पित खतिवडाले जानकारी दिनु भयो ।

‘बर्बरिक’ नेकपा नेता प्रदिप नेपालद्वारा लिखित चर्चित उपन्यास हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here