झापा । आँपको सिजन सुरु हुनुभन्दा पहिले नै झापाको विर्तामोड लगायतका बजारहरुमा स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।
आँपहरु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्म विक्री बितरण हुनेगरेको पाईएको हो ।नेपालमा असारको दोश्रो साता देखि आँप पाक्ने मुख्य सिजन शुरु हुन्छ । तर झापाको विर्तामोड लगायतका अधिकांस बजारहरुमा भने सिजन सुरु हुनु पुर्वनै आँप छ्याप्ती छ्याप्ती देखिन थालेको छ ।
बजारमा देखिएको आँप भारतबाट आयात गरिएको हो । स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा जताततै पाउने गरेको छ । नेपालमा आप पाक्ने बेला नभएकाले भारतबाट आयात गर्नु परेको व्यापारीहरु बताउँछन् ।
विर्तामोडको कृषिथोक बजारमा काम गर्ने कृषि मजदुरहरुले भने विषादी विनाको आँप बजारमा नपाईने बताउँछन् । विषादीको प्रयोगका कारण खानै नमिल्ने आँप कृषि थोक बजारमा भित्रिने गरे पनि विषादी परिक्षण केन्द्रले भने त्यसको निग्रानी नगरेको उनीहरुको आरोप छ ।
यता विषादी मापन केन्द्रले भने आँपमा भएको विषादी मापन गर्दा विषादीको मात्रा कम भएकाले बजारमा विक्रि गरिने आँप खान योग्यनै रहेको बताउँदै आएकोछ । विषादी हालेर पकाएको आँप काँकरभिट्टा नाका हुँदै हरेक दिन कृषिथोक बजारमा भित्रिने गरेपनि हालसम्ममा ४ पटक मात्र विषादी मापन गरेको विषादी मापन केन्द्रकी प्राविधिक अञ्जु आचार्यले बताउनु भयो ।
गत चैत्र १९ गतेबाट विर्तामोडको कृषि थोक बजारमा भारतीय आप भित्रिन शुरु गरेको कृषि बजार व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।भारतीय आँप भित्रिन शुरु गरेयता हालसम्ममा ७० मेट्रीक टन बजारमा खपत भैईसकेको कार्यालयले जनाएको छ ।





